मधेसमा १० महिनामा १५.९६ प्रतिशत मात्र बजेट खर्च

वैशाख २३, २०८१ | काठमाडौं

मधेस प्रदेशमा चालू आर्थिक वर्षको १० महिनामा झन्डै १६ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

मन्त्रालयहरुमा सचिव र कर्मचारी समेत पर्याप्त नहुँदा प्रदेश सरकारको बजेट खर्च प्रभावित बनेको हो । वैशाख २१ गतेसम्म मधेश प्रदेशमा कुल बजेटको १५ दशमलव ९६ प्रतिशत मात्र खर्च भएको पाइएको छ ।

 चालुतर्फ १८ अर्ब ५४ करोड ५८ हजार बजेटमध्ये ३ अर्ब ९९ करोड ७१ लाख रुपैयाँ अर्थात २१ दशमलव ५५ प्रतिशत खर्च भएको छ ।

 पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार मध्ये ३ अर्ब ४ करोड ४६ लाख १४ हजार ७०५ रुपैयाँ अर्थात ११ दशमलव ९० प्रतिशत गरी कुल १५ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेश प्रदेशका लेखा अधिकृत मनोज कुमार झाले बताउनुभयो ।


प्रतिक्रिया