भारतीय पक्षले नहरमा पानी बन्द गर्दा नेपालमा विद्युत उत्पादन बन्द

वैशाख २४, २०८१ | परासी

पश्चिम नवलपरासीस्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत उत्पादन बन्द भएको छ ।

 भारतीय पक्षले नहरमा पानी बन्द गरेपछि प्रतापपुरमा रहेको रहेको सो जलविद्युत् केन्द्रमा विद्युत उत्पादन बन्द भएको हो ।

 यसअघि नहर सरसफाई र मर्मतका लागि कार्तिक र चैतमा नहरमा पानी बन्द गर्ने गरिएपनि यसपटक भारतीय पक्षले विना जानकारी पानी बन्द गरेको हो । 

नहरमा पानी बन्द हुने पूर्व सूचना पाउँदा विद्युत केन्द्रको आवश्यक मर्मत र प्राविधिक काम गर्ने गरिएपनि सूचना नहुँदा नहर मर्मतको काम समेत हुन नसकेको गण्डक जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभयो । 

१५ मेगाबाट विद्युत उत्पादन क्षमता भएको केन्द्रमा चैत १३ गते बाट नहरमा पानी बन्द भएको उहाँले जानकारी दिनुभयो । केन्द्रको एउटा टरवाइन १५ वर्षदेखी मर्मत नहुदा क्षमता अनुसार विद्युत उत्पादन समेत हुन सकेको छैन ।  


प्रतिक्रिया