मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयको रोक

वैशाख २६, २०८१ | काठमाडौं

लमजुङस्थित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको सवारी साधन सञ्चालनमा स्थानीयले रोक लगाएका छन् ।

आयोजनाको प्रवद्र्धक सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आफ्ना माग सुनुवाइ नगरेको भन्दै स्थानीय वासिन्दाले आयोजनाकोे सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् ।

५० मेगावाटको आयोजना प्रभावित क्षेत्रका बासिन्दाले १० प्रतिशत शेयर दिनुपर्ने, कर्मचारीको तथ्यांक सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै आएका छन् । त्यस्तै, सो क्षेत्रमा सडक निर्माणका लागि समेत स्थानीयबासिन्दाले आवाज उठाइरहेका छन् ।

उनीहरुको माग अनुसार बनाउने भनिएको सडकका लागि ४ करोड रुपैयाँ लाग्ने देखिएपनि सिनोहाइड्रो सगरमाथा पावर कम्पनीले १ करोड ८० लाख रुपैयाँ दिने जानकारी गराएको छ । 


प्रतिक्रिया