कर्नाटकका एक सांसद निलम्बित

वैशाख १८, २०८१

भारतको दक्षिणी राज्य कर्नाटकमा महिलामाथि गरेको यौन दुव्र्यवहारको भिडिओ सार्वजनिक भएपछि एक सांसदलाई निलम्बन गरिएको छ । 

सांसद प्रज्वल रेवन्नालाई जनतादल सेक्युलरले निलम्वन गरेको हो । आरोप लागेपछि उनी देश छाडेर जर्मनी पुगेको बताइन्छ । 

सांसद रेवन्नामाथि सयौं महिलालाई यौन दुव्र्यवहार गरेको आरोप छ । प्रहरीले उनकोे पेन ड्राइभमा झन्डै २ हजार ८ सय अश्लील अडिओ र भिडिओ क्लिप लगायत सामग्री फेला पारेको थियो । 


प्रतिक्रिया