गाजाको युद्व अन्त्य गर्ने लक्ष्यसहित विभिन्न देशका प्रतिनिधि कायरोमा

वैशाख २२, २०८१ | काठमाडौं

गाजा क्षेत्रमा जारी युद्वअन्त्य गर्ने पहल स्वरुप विभिन्न देशका प्रतिनिधि मण्डल इजिप्टको राजधानी कायरो पुगेका छन् ।

हमासको प्रतिनिधि मण्डलका अनुसार युद्ध विरामको प्रस्तावले सकारात्मक सन्देश दिने बताएका छन् ।

उनीहरुले प्यालेस्टेनीको माग पुरा गर्नेमा आशावादी रहेको समेत बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकंनले विद्रोही समूहलाई मनाएर युद्व विराम गर्नु सहज नभएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

लामो समयदेखि युद्वविरामका लागि वार्तालाई निष्कर्षमा पुराउने तयारी भएपनि सफल हुन सकेको थिएन । वार्ता पुन  इजिप्ट र कतारको सक्रियतामा सुरु हुन लागेको हो ।

सो वार्ताबाट इजरेलले आक्रमण रोकेको बदलामा गाजामा बन्धक बनाइएकालाई फिर्ता गर्न सक्ने अनुमान गरिएको छ । यसअघि, हमासले युद्वविराम सम्झौता अस्थायी भएपनि स्थायी भएपनि परिपक्व हुनुपर्ने बताएको थियो । 


प्रतिक्रिया