द्वन्द्वग्रस्त गाजाको आधा क्षेत्रमा स्वच्छ पानीको हाहाकार
वैशाख २७, २०८१ | काठमाडौं
इजरायलले गाजामा गरेको आक्रमणका कारण सो क्षेत्रका आधा जनता स्वच्छ पानीको चरम अभावमा बस्नुपरेको बीबीसीको एक अध्ययनले देखाएको छ ।
गाजामा इजरायलको सैन्य आक्रमणले पानीको स्रोतमा क्षति पुग्दा स्वच्छ पानी र सरसफाईमा समस्या देखिएको अध्ययनले निष्कर्ष निकालेको छ ।
पानीको अभावमा सो क्षेत्रमा गम्भीर स्वास्थ्य समस्या आइपर्ने भन्दै चेतावनी समेत जारी गरिएको छ ।
दूषित पानीको प्रभावले झाडापखला तथा हेपाटाइटिस ‘ए’का बिरामी बढ्दै गएको अध्ययनले देखाएको छ ।