पश्चिमा राष्ट्रले विश्वलाई द्वन्द्वमा धकेलेको रुसको आरोप

वैशाख २७, २०८१ | काठमाडौं

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वलाई पश्चिमा राष्ट्रले द्वन्द्वमा धकेलेको आरोप लगाउनु भएको छ ।

राष्ट्रपति पुटिनले विश्वकै परमाणु शक्तिशाली मुलुक र दोश्रो विश्व युद्ध जीतेको रुसलाई नधम्काउन चेतावनी दिनुभएको हो ।

रुसी सेनालाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुसी सेनाका विरुद्व अमेरिका लगायत पश्चिमा मुलुकको समर्थनमा युक्रेनी सेना अगाडी बढिरहेको भन्दै विश्व युद्ध जित्ने सोभियत संघको विगतको भूमिका नभुल्न समेत चेतावनी दिनुभयो ।

पुटिनले रुसले विश्वमा हुने द्वन्द्व रोक्न जुनसुकै कदम चाल्ने बताउनुभएको रुसी रक्षामन्त्री सर्गेई शोइगुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।  


प्रतिक्रिया