तत्काल कम्युनिष्ट एकता सम्भव नभएको शीर्ष नेताको भनाई

वैशाख १०, २०८१

कम्युनिष्ट स्थापना दिवस मनाइरहँदा मुलुकका दुई प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताले तत्काल कम्युनिष्ट एकता सम्भव नभएको बताएका छन् । एमाले र माओवादी केन्द्रसहितका दल एउटै सत्तासमीकरणमा जोडिएकाले कम्युनिष्ट एकता हुन सक्ने चर्चा भइरहेका बेला ती दलका नेताले तत्काल त्यसको सम्भावना नभएको बताएका हुन् । एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतमा जस्तो हौसिएर एकता हुन नसक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी ओलीले अहिलेको समीकरणकै आधारमा कम्युनिष्ट एकता हुन नसक्ने बताउनुभयो । सहकार्य अघि बढाएर एकताको अवस्थामा पुग्न सकिने ओलीको भनाइ थियो ।

२०७४ सालको निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत पाएका एमाले र माओवादी मिलेर शक्तिशाली कम्युनिष्ट पार्टी बनेपनि तीन बर्ष नपुग्दै विभाजित भएको थियो ।त्यही पृष्ठभूमिमा एमाले र माओवादीका नेताले तत्काल फेरि एकताको सम्भावना नरहेको अभिव्यक्ति दिएका हुन् ।


प्रतिक्रिया