१ अर्ब रुपैयाँ फिर्ता पाउनुपर्ने मागसहित स्वर्णलक्ष्मी सहकारी पीडितको प्रहरीमा उजुरी

वैशाख १६, २०८१ | काठमाडौं

काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका पीडितले आफ्नो बचत फिर्ताको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

प्रहरी वृत्त कालिमाटीमा ५ सय २८ जना पीडितहरुले झण्डै १ अर्ब रुपैयाँ बराबर बचत फिर्ताको माग गर्दै उजुरी दिएको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिका अध्यक्ष सुमन खनालले बताउनुभयो ।

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रहेका जीबी राईको समूहले काठमाडौंमा सञ्चालन गरेको सोसहकारी संस्थाबाट मात्र १३ हजार बचतकर्ताको पौने ३ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको छ ।

बचत फिर्ता हुने नदेखिएपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय कालीमाटीमा रहेपनि महाराजगन्ज, न्युरोडलगायत स्थानमा शाखा सञ्चालनमा थिए ।पछिल्ला दुई वर्षदेखि संस्थाले बचतकर्ताको पैसा फिर्ता दिन सकेको छैन ।


प्रतिक्रिया