सिधाकुरा डट कम अनलाइनमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न अख्तियारको अनुरोध

वैशाख १७, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रामक सामग्री प्रसारण÷प्रकाशन गर्ने सिधाकुरा डट कम अनलाइनमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न अनुरोध गरेको छ । आयोगले सिधाकुरा डट कममा प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको र आयोगलाई समेत यस्ता विषयमा जोडेको भन्दै आपत्ति जनाएको छ । 

आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ–“यस प्रकारका भ्रामक सामग्री प्रसारण÷प्रकाशन गर्ने माथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत सम्बन्धित निकायलाई आयोग अनुरोध गर्दछ ।” 

आफ्नो अधिकारक्षेत्र भित्रको उजुरी उपर अनुसन्धान एवं अभियोजन गर्नु बाहेकका अन्य कुनै क्रियाकलापमा आयोग संलग्न हुने विषयमा कल्पनासम्म गर्न नसकिने भन्दै आयोगले भ्रामक क्रियाकलापमा कुनै संलग्नता नरहेको समेत बताएको छ । 


प्रतिक्रिया