अभिनेता सिपी लोहनीको निधन

वैशाख १७, २०८१

’माइतिघर’ अभिनेता सिपी लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अलजाइमरको समस्याले ग्रसित लोहनीकोे काठमाडौंको माइतीघरस्थित न्युरो अस्पतालमा आज दिँउसो निधन भएको कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । 

अभिनेत्री माला सिन्हाकी श्रीमान लोहनी गायनमा समेत दख्खल भएको निरौलाले बताउनुभयो । उहाँले रेडियो नेपालमा गीतसमेत रेकर्ड गर्नुभएको थियो । थुप्रै सिडी निकालिसकेका लोहनीको पछिल्लो एल्बम ’पुनरागम’ हो । लोहनीको सन्तानमा एक छोरी छन् । माइतीघरपछि लोहनीले नेपाली फिल्ममा काम गर्नुभएन । 


प्रतिक्रिया