रञ्जिता श्रेष्ठ पक्षधर सांसद थापा मन्त्री नियूक्त

वैशाख १८, २०८१

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियूक्त गर्नुभएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी थापालाई प्रदेश प्रमुख नजिर मियाले आज पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

मुख्यमन्त्री नियूक्तीमा सोडारीलाई साथ दिनुभएकी सांसद थापासहित मन्त्रीपरिषद्मा नागरिक उन्मुक्तिका दुुई जना मन्त्री भएका छन् । यसअघि नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिसक्नुभएको छ । चौधरी र थापाकै कारण कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेर राजीनामा दिन बाध्य हुनुभएको थियो । 

उहाँहरु दुुई जनाकै कारण सोडारीलाई मुख्यमन्त्री नियूक्त हुन सम्भव भएको थियो । सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रले भने अहिलेसम्म मन्त्री पठाएको छैन । मुख्यमन्त्री सोडारीले सत्ता साझेदार दलहरुसँग विश्वासको मत लिने सन्दर्भमा छलफल भइरहेको बताउनुभएको छ ।  


प्रतिक्रिया