पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

वैशाख १८, २०८१

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले उहाँहरुलाई उपकुलपतिमा नियुक्त गर्नु भएको हो ।

थपलिया यसअघि पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका डिन हुनुहुन्थ्यो भने गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुनुहुन्थ्यो । मेरिटोक्रेसी अनुसार नै उपकुलपति नियुक्त गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले दाबी गरेको छ । प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्दै आउनुभएको छ । 


प्रतिक्रिया