केन्द्राध्यक्ष बाहेक अन्यलाई मोबाइल लैजान पूर्ण निषेध

वैशाख १८, २०८१

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्रमा केन्द्राध्यक्ष बाहेक अन्यलाई मोबाइल लैजान पूर्ण निषेध गरेको छ । बोर्डले यसअघि नै मोबाइल लैजान निषेध गरेपनि परीक्षा हलमा निर्देशन विपरित मोबाइल प्रयोग भएको पाइएको भन्दै पूर्ण निषेध गरेको जनाएको छ । 

केही परीक्षा केन्द्रमा मोबाइल प्रयोग गरी अनियमित कार्य गर्ने परीक्षार्थीको मोबाइल समेत जफत गरी कारबाही गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले बताउनुभयो । परीक्षाको मर्यादा विपरित मोबाईल साथमा राखेको पाइएको र प्रयोग गरेको पाइएमा नियम अनुसार कारबाही हुने पनि बोर्डले चेतावनी दिएको छ । 


प्रतिक्रिया