राष्ट्रपति पौडेलद्वारा बजेट अधिवेशन आह्वान

वैशाख २०, २०८१ | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन वैशाख २८ गतेबाट सुरू हुने गरी आह्वान गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा १ बमोजिम आगामी २८ गते दिउँसो २ बजेकालागि अधिवेशन आवहान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले हरेक वर्ष बजेट सार्वजनिक हुने १५ दिन अगाडि अधिवेशन सुरु गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।  


प्रतिक्रिया