भोटखोलामा चार दिनदेखि सञ्चार सेवा ठप्प

वैशाख २२, २०८१ | संखुवासभा

चार दिनअघि परेको चट्याङले संखुवासभाको भोटखोलामा रहेको नेपाल टेलिकमको माक्पालुङस्थित टावर बिग्रिएपछि सञ्चार सेवा ठप्प भएको छ ।

चट्याङले माक्पालुङमा रहेको टावरका उपकरणमा क्षति पु¥याएपछि टेलिफोन सेवा अवरुद्ध भएको स्थानीय पासाङ खम्बा भोटेले बताउनुभयो ।

सञ्चार सेवा अवरुद्ध भएपछि सदरमुकामसँग भोटखोला बासीको सम्पर्क टुटेको छ । सीमावर्ती किमाथाङ्का, चेपुवा, हटिया लगायतका दुर्गम भेगका स्थानीय सञ्चार सेवाबाट बञ्चीत भएका हुन् ।

कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट गएको प्राविधिक टोली पुग्न नसक्दा टेलिकमको सेवा सुरु हुन नसकेको टेलिकम खाँदबारीका प्रमुख प्रेम राईले बताउनुभयो ।


प्रतिक्रिया