काँग्रेस र एमाले मिलेर जानुपर्छः काँग्रेस नेता डा. शेखर कोइराला

वैशाख २२, २०८१ | काठमाडौं

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देश अप्ठ्यारो परिस्थितीमा रहेकाले प्रमुख दुई दल काँग्रेस र एमाले मिलेर जानुपर्ने बताउनुभएको छ ।

बाँकेको कोहलपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले विगतमा पनि काँग्रेस र एमाले मिलेर सरकार बनाएको उदाहरण दिँदै फेरि पनि दुई दल मिल्नुपर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिनका लागि पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको कोइरालाको भनाइ थियो ।

अर्को प्रसँगमा नेता कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानविनका लागि संसदीय समिति नबनेसम्म काँग्रेसले संसद चल्न नदिने बताउनुभयो । 


प्रतिक्रिया