चिस्यान केन्द्र सञ्चालन नहुँदा किसान मर्कामा
वैशाख २२, २०८१ | कावासोती
पश्चिम नवलपरासीको सुस्ता गाउँंपालिका–४ नर्सहीमा चिस्यान केन्द्र निर्माण सम्पन्न भएको डेढ वर्ष हुँदा पनि सञ्चालनमा आएको छैन ।
चिस्यान केन्द्र सञ्चालनको लागि अत्यावश्यक विद्युतीकरण र प्राविधिक काम समयमा नहुँदा किसानले प्रयोगमा ल्याउन नपाएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुषालले बताउनुभयो ।
करोडाँैको लागतमा निमार्ण भएको केन्द्र कार्यविधी नबन्दा प्रयोगविहीन अवस्थामा पुगेको केरा उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष लख्खु यादबले बताउनुभयो ।
केरा खेतीका लागि प्रसिद्ध सुस्तामा चिस्यान केन्द्र नहँुदा सस्तोमा बिक्री गर्नु परेको र तत्काल बिक्री हुन नसकेकोमा उत्पादन नै खेर जाने अवस्था भएपनि पालिकाले वेवास्ता गरेको किसानको गुनासो छ ।
४ करोड ९९ लाख रुपैयाँको लागतमा सो चिस्यान केन्द्र निर्माण गरिएको थियो ।