सामूहिक सत्याग्रहमा समर्थन जनाउन राष्ट्रिय संयुक्त संघर्ष समितिको आग्रह
वैशाख २७, २०८१ | काठमाडौं
राष्ट्रिय संयुक्त संघर्ष समितिले विभिन्न १८ बुँदे माग राख्दै सुरु गरिएको सामूहिक सत्याग्रहमा समर्थन जनाउन आह्वान गरेको छ ।
संघर्ष समितिले नागरिकको लगानीलाई राष्ट्रिय पूँजीको रुपमा घोषणा गर्न, नेपाललाई सनातन धार्मिक राष्ट्र घोषणा गर्न तथा बैंकको कर्जाको व्याजदर अधिकतम ७ प्रतिशत कायम गर्न र भारतीय मालबाहक सवारी सञ्चालनमा रोक लगाउन माग गर्दै समितिले केही दिनअघिबाट काठमाडौंमा सत्याग्रह सुरु गरेको छ ।
सो समितिले समस्या ग्रस्त सहकारीमा जम्मा भएको बचतकर्ताको रकम फिर्ता गराउन, प्रादेशिक संरचनाको पूनविचार गर्न समेत समितिले माग गरेको छ ।