वेस्ट इन्डिज ‘ए’सँगको दोस्रो टि ट्वान्टीमा नेपाल १० रनले पराजित

वैशाख १६, २०८१ | काठमाडौं

वेस्ट इन्डिज ‘ए’ टीमले टी–ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपाललाई १० रनले पराजित गरेको छ ।

१ सय ६१ रनको लक्ष्य पाएकोे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता भएपनि नेपालले ६ रनमात्र जोड्न सक्यो ।

कप्तान रोहित पौडेलले७१ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

गुलशन झाले २६ रन बनाएका थिए । लोकेश बमले १७ र आरिफ शेखले १२ रन बनाएका थिए । निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनको योगफल तयार पारेको हो ।

उसका लागि एन्ड्री फ्लेचरले ४३ रन बनाएका थिए । वेस्ट इन्डिजको टोलीले अन्तिम दुई ओभरमा ४१ रन जोडेको थियो ।

नेपाली बलर सागर ढकाल र कुशल भुर्तेलले २÷२ विकेट लिएका थिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको नाममा १÷१ विकेट रह्यो । वेस्ट इन्डिजको जितपछि सिरिज १–१ को बराबरीमा पुगेको छ ।

पहिलो खेल नेपालले हिजो ४ विकेटले जितेको थियो । तेस्रो म्याच आगामी बुधवार हुनेछ ।  


प्रतिक्रिया