आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा कायमै

तस्बिर : रोयटर्स 

वैशाख १७, २०८१ | काठमाडौं

आर्सनल टोटेनह्यामलाई पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा कायमै रहेको छ । पछिल्लो खेलमा आर्सनलले घरेलु टोली टोटेनह्यामलाई ३–२ गोल अन्तरले हराएको हो । 

आर्सनलको जितमा पियरे–एमिल होज्बजर्ग, बुकायो साका र काई हाभट्र्जले समान एक÷एक गोल गरे । टोटनहमका लागि सन ह्युङ मिन र क्रिस्टियन रोमेरोले एक–एक गोल फर्काए । 

यो नतिजापछि शीर्ष स्थानको आर्सनलको ३५ खेलबाट ८० अंक भएको छ भने टोटेनह्यामको ३३ खेलबाट ६० अंक छ ।

यस्तै, लिगको अर्को खेलमा म्यानचेस्टर सिटी नर्टिङघम फरेस्टलाई २–० ले पराजित गर्दै दोस्रो स्थानमा कायम छ । सिटीले उपाधि होडमा आर्सनलमाथि दबाब कायम राखेको छ । 

सिटीको जितमा जोस्को ग्वारडिओल र इर्लिङ हालान्डले गोल गरे । यो नतिजापछि सिटीको ३४ खेलबाट ७९ अंक भएको छ । अर्को खेलमा बर्नमाउथले ब्राइटनलाई ३–० गोलले पराजित गर्‍यो ।


प्रतिक्रिया