रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोना विजयी

तस्बिर : रोयटर्स 

वैशाख १८, २०८१ | काठमाडौं

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिग फुटबलमा भ्यालेन्सियालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–२ गोल अन्तरले हराएको हो । 

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले ३ तथा फर्मिन लोपेजले १ गोल गरे । यस्तै, भ्यालेन्सियाका ह्युगो डुरो र पेपेलुले समान एक÷एक गोल फर्काए । खेलको २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । 

२७ औं मिनेटमा ह्युगोले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काए । ३८ औं मिनेटमा पेपेलुले पेनाल्टी मार्फत गोल गर्दै भ्यालेन्सियालाई २–१ को अग्रता दिलाए । तर, ४९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

लेवान्डोस्कीले ८२ औं ९३ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । जितसँगै दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ३३ खेलबाट ७३ अंक भएको छ । आठौँ स्थानमा रहेको भ्यालेन्सियाको समान खेलबाट ४७ अंक छ ।


प्रतिक्रिया