रियल म्याड्रिड बायर्नसँग बराबरीमा रोकियो

तस्बिर : रोयटर्स 

वैशाख १९, २०८१ | काठमाडौं

रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखसँग बराबरीमा रोकिएको छ । 

आलियान्ज एरिना स्टेडियममा गएराति भएको खेललमा रियल म्याड्रिड बायर्न म्युनिखसँग २–२ गोलको बराबरीमा रोकिएको हो । 

खेलको २४ औं मिनेटमा भिनिसियस जुनियरको गोलबाट म्याड्रिडले अग्रता लिएको थियो । १–० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्न म्युनिखले दोस्रो हाफमा दुई गोल गर्दैै २–१ को अग्रता बनायो । 

म्युनिखका लागि खेलको ५३ मिनेटमा लिरोय सेन र ५७ औं मिनेटमा ह्यारी केनले पेनाल्टी मार्फत गोल गरेका थिए । तर, खेलको ८३ औं मिनेटमा जुनियरले पेनाल्टी मार्फत अर्को गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । यो नतिजासँगै अब दोस्रो लेगको खेल हुनेछ ।


प्रतिक्रिया