वेस्ट इन्डिजविरुद्धको सिरिजमा रोहित पौडेल प्लेयर अफ दि सिरिज

वैशाख २२, २०८१ | काठमाडौं

वेस्ट इण्डिजको ए टिम विरुद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज भएका छन् ।

उनले पुरस्कारस्वरूप ट्रफी र २५ हजार रूपैयाँ प्राप्त गरे । कप्तान पौडेलले सिरिजका तीन वटा म्याचमा उत्कृष्ट ब्याटिङ गरेका थिए ।

उनले पहिलो खेलमा १ सय १२ रन, दोस्रो खेलमा ७१ र चौथो खेलमा ८२ रन बनाएका थिए । कप्तान पौडेल तेस्रो खेलमा टिममा थिएनन् ।

आज भएको पाँचौं म्याचमा टिममा परेपनि उनले व्याटिङ गर्न पाएनन् । कप्तान पौडेलले व्यक्तिगत प्रदर्शनबाट सन्तुष्ट भएपनि टिमको प्रदर्शन सन्तोषजनक नभएको बताएका छन् ।  


प्रतिक्रिया