रेडियो कान्तिपुर अन व्हिल्स म्युजिक रोड शो धरानबाट सुरु हुँदै

वैशाख २५, २०८१ | काठमाडौं

यो वर्षको रेडियो कान्तिपुर अन व्हिल्स म्युजिक रोड शो कार्यक्रम सुनसरीको धरानबाट आज सुरु हुँदैछ । मंगलबार धरानबाट सुरु हुने म्युजिक रोड शो आगामी जेठ १४ गते काठमाडौंमा समापन हुनेछ । 

अन व्हिल्स म्युजिक रोड शो धरान बसपार्क परिसरमा साँझ चार बजेदेखि सुरु हुनेछ । युवा पुस्तालाई विभिन्न मनोरन्जनात्मक खेलका साथ सांगीतिक आनन्द दिने उद्देश्यले रेडियो कान्तिपुरले मुलुकका प्रमुख शहरमा रेडियो अन व्हिल्स म्युजिक रोड शो सुरु गरेको हो । 

धरानबाट सुरु भएको सांगीतिक रोड शोमा टीका प्रसाई, विश्व नेपाली, शिव परियार, महेश काफ्ले, सुमन कार्की लगायतको प्रस्तुति रहनेछ । 

धरानबाट सुरु भएको रेडियो कान्तिपुरको रेडियो अन व्हिल्स रोड शो यात्रा इटहरी, झापाको दमक र बिर्तामोड, मोरङको विराटनगर, धनुषाको जनकपुरमा हुनेछ ।

 यस्तै, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायनगढ, कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, सुर्खेत, रुपन्देहीको बुटवल, कास्कीको पोखरा र काठमाण्डौ गरी १५ प्रमुख शहरमा हुनेछ ।

रोड शोमा विभिन्न क्वीज, मनोरन्जनात्मक खेलहरुमा दर्शक श्रोताहरुलाई सहभागी गराएर विजेतालाई उपहार प्रदान गरिएको थियो ।


प्रतिक्रिया