अमेरिकाद्वारा एमडीएच र एभरेस्ट मसलाको अनुसन्धान

वैशाख १६, २०८१

अमेरिकाको खाद्य सुरक्षा विभागले भारतमा मसला बनाउने दुईवटा कम्पनीको उत्पादनहरुको अनुसन्धान शुरु गरेको छ । 

भारतमा उत्पादित एमडीएच र एभरेस्ट मसलामा क्यान्सर गराउन सक्ने “किटनाशक तत्व” पाइएको भन्दै अमेरिकाले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको हो । यस महिनाको सुरुमा हङकङको खाद्य सुरक्षा विभागले भारतीय कम्पनी एमडीएच र एभरेस्टको तीन प्याकेट मसलामा किटनाशक तत्व “एथिलिन अक्साइड” अत्यधिक मात्रामा भेटिएको दाबी गरेको थियो । 

त्यसपछि अहिले आएर अमेरिकी निकायले ती कम्पनीका मसला उत्पादनको अनुसन्धान शुरु गरेको हो । एमडीएच र एभरेस्ट विश्वभर प्रसिद्ध मसला ब्रान्ड हुन् । दुबै कम्पनीले भने आफूले उत्पादन गरेका मसला स्वास्थ्यका लागि सुरक्षित भएको दावी गरेका छन् । 


प्रतिक्रिया