ललितपुर महानगरका सबै वडामा स्मार्ट शौचालय बनाइने

आश्विन ५, २०८० | काठमाडौं

ललितपुर महानगरपालिकाले प्रत्येक वडामा स्नान कक्ष सहितको स्मार्ट शौचालय निर्माण गर्ने भएको छ ।

महानगरको २९ वडा मध्ये अहिलेसम्म आठ वडामा शौचालय निर्माणको टेन्डर भएको महानगरप्रमुख चिरिवाबु महजर्नले बताउनुभयो । शौचालयको पहिचान गर्न एकै स्वरुपमा शौचालय निर्माण गर्न लागिएको हो । 


प्रतिक्रिया