इलाममा भ्यान दुर्घटना हुँदा एकको मृत्यु

वैशाख १९, २०८१ | इलाम

इलामको रोङ गाउँपालिका–४ बाघखोरमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नम्बरको भ्यान आज बिहान दुर्घटना हुँदा देउमाइ नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको हो । 

दुर्घटनामा भ्यानमा सवार इलाम नगरपालिका–५ का २६ वर्षीय विश्वास राई घाइते भएका छन् ।  

राईलाई उपचारका लागि झापाको बी एण्ड सी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिनुभयो । 

भ्यान अनियन्त्रित भई सडकबाट करीब ५ सय मिटरतल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया