दुर्व्यसनीमा फसेकालाई सहयोग गर्न चितवन नारायणी महोत्सव आयोजना

मंसिर १४, २०८० | काठमाडौं

लागूऔषध दुव्र्यसनीमा फसेकालाई सहयोग गर्ने उद्देश्यले चितवनमा महोत्सवको आयोजना गरिएको छ । 

लागुऔषध दुर्व्यसनमा फसेका विपन्न वर्गका युवाहरुको निःशुल्क उपचारका लागि स्रोत जुटाउन रिकभरिङ युनाइटेड प्रा.लिले नारायणी नदि किनारमा चितवन नारायणी महोत्सव सञ्चालन गरेको हो । 

दुर्व्यसनबाट मुक्त्त हुन चाहे पनि कमजोर आर्थिक अवस्था भएकाले उपचारमा पहुँच नपुगेकाहरुका लागि सहयोग जुटाउन महोत्सव आयोजना गरिएको रिकभरिङ युनाइटेडका संस्थापक अध्यक्ष मनोज घिमिरेले बताउनुभयो ।

 आर्थिक अवाभकै कारण कसैलेपनि उपचारबाट बञ्चीत हुन नपरोस् भन्ने नै महोत्सवको मुख्य उद्देश्य भएको घिमिरेको भनाई छ । रिकभरिङ युनाइटेड प्रा लिले संकलन गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिले चितवनमा ११ हजार बढी युवा दुव्र्यसनीको लतमा फसेका छन् । यहि मंसिर ६ गतेबाट सुरु भएको महोत्सव १६ गते सम्म चल्नेछ ।


प्रतिक्रिया