इलाम-२ मा मतान्तर बढाउँदै एमालेका सुहाङ

वैशाख १७, २०८१ | काठमाडौं

प्रतिनिधि सभातर्फ इलाम–२ र प्रदेश सभातर्फ बझाङ–१ मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार इलाममा सत्तारुढ नेकपा एमालेले मतान्तरले बढाउँदै लगेको छ । 

एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार ७ सय ५४ मतले अग्रता कायम राख्नु भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्वाङले ११ हजार ७८ मत प्राप्त गर्नु भएको हो । 

नेपाली कांगे्रसका डम्बर खड्काले ७ हजार ३ सय २४ मतसहित एमालेका नेम्वाङलाई पछ्याइरहनु भएको छ । स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ६ हजार ९ सय ९ मत प्राप्त गर्नु भएको छ । रास्वपाका मिलन लिम्वुले अहिलेसम्म एक हजार ४ सय ४३ मत ल्याउनुभएको छ ।

उता, बझाङ–१ मा कांगे्रस र सत्तारुढ एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाम अनुसार बझाङमा कांग्रेसका उम्मेदवारलाई उछिन्दै एमालेले अग्रता लिएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ९ हजार ८ सय ८९ मत प्राप्त गर्नुभएको छ । यस्तै, कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याउनु भएको छ । 

माओवादी केन्द्रका जनक बहादुर बुढाले ३ हजार ६ सय ६३ मत प्राप्त गर्नु भएको छ । बझाङको उपनिर्वाचनमा ३० हजार ३ सय २८ मत खसेको थियो ।


प्रतिक्रिया