सुदूरपश्चिममा विश्वासको मतका लागि बोलाइएको बैठक स्थगित

वैशाख २१, २०८१ | धनगढी

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन आव्हान गरिएको बैठक स्थगित भएको छ ।

एमालेले आजको तालिकामा विश्वासको मत नदिने बताएपछि पूर्वनिर्धारित प्रदेश सभा बैठक स्थगित भएको हो ।

प्रदेश सभा सचिवालयले अर्को बैठक भोलि अपरान्ह साढे ५ बजे बस्ने सूचना जारी गरेको छ । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत दिनुअघि मुख्यमन्त्री सोडारीसँग आवश्यक छलफल नभएकोले आज मत दिन तयार नभएको बताउनुभयो ।

बैशाख ६ गते एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रंजिता समुह) र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । 


प्रतिक्रिया