रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डः १५ विधामा ७५ मनोनयन

असार १५, २०८० | काठमाडौं

रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्डको १५ विधाका शीर्ष पाँचको मनोनयन सार्वजनिक भएको छ । १५ विधामा वितरण गरिने अवार्डको शीर्ष पाँच मनोनयन विहिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । विभिन्न विधा अन्तर्गत मनोनयन भएका उत्कृष्ट पाँच जना छान्न ३ जनाको जुरी बनाइएको रेडियो कान्तिपुरका कार्यक्रम निर्देशक भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।

आसार २१ गते हुने समारोहमा प्रत्येक विधामा मनोनयनमा परेका उत्कृष्ट पाँचमध्ये एकले नव गायक / गायिका, उत्कृष्ट रचनाकार, सङ्गीत निर्देशक, लोकदोहोरी गायक / गायिका, उत्कृष्ट पार्श्व गायक/ गायिका, राष्ट्रिय गीत, पप गायक/ गायिकाको अवार्ड प्राप्त गर्नेछन् । त्यस्तै, मनोनयनमा परेका प्रत्येक विधाका पाँचमध्ये एकले उत्कृष्ट साङ्गीतिक समूह, युगल गीत तथा आधुनिक गायक / गायिकाको साथै पिपुल्स च्वाइस अवार्ड आफ्नो नाममा पार्नेछन् ।

कार्यक्रमको आकर्षणका रुपमा इन्डियन आइडल सिजन १० का विजेता सलमान अलीको विशेष प्रस्तुति रहनेछ । रेडियो कान्तिपुरले २४औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने यो पाँचौं संस्करणको अवार्डमा २०७८ देखि २०७९ साउनसम्म प्रशारणमा आएका गीतबाट मनोनयन सार्वजनिक गरिएको हो ।


प्रतिक्रिया