ढोलाहिटीे घटनामा प्रहरीले ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अघि बढायो

चैत्र १३, २०८०

ललितपुरको ढोलाहिटीमा होलीको दिन ग्याङ फाइट हुँदा दुई जनाको हत्या भएको घटनामा प्रहरीले ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अघि बढाएको छ । ती ५ जनामध्ये ४ जनालाई ललितपुर प्रहरीले आज सार्वजनिक गरेको छ भने एक जना फरार छन् । ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख शेखर खनालले मृतकका परिवारको जाहेरीको आधारमा ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अघि बढाइएको बताउनुभयो ।

प्रहरीले घटना भएको होटलका सञ्चालक ३१ बर्षीय विजय राई, ३० वर्षीय सुलभ राई, ३८ वर्षीय विशाल हाङ मुकारूङ राई, २५ बर्षीय छेङ–विहाङ राईलाई आज सार्वजनिक गरेको हो । गत आइतवार राति ग्याङ फाइट हुँदा खुमलटार बस्ने पुजन राई र ढोलाहिटी बस्ने रोवश राईको मृत्यु भएको थियो । तिहारको समयमा अपशव्द बोलेको बिषयमा विवाद बढ्दै जाँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

घटनाको छानविनका लागि प्रहरीले अन्य ८ जनालाई अझै नियन्त्रणमा राखेको छ । 


प्रतिक्रिया