एमडीएमएस खरिदमा झण्डै ९२ करोड रुपैयाँ घोटाला, १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत्र १५, २०८० | काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालदूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा सहित १९ जना र दुई वटा कम्पनी विरुद्ध गैरकानूनी रुपमा सरकारी सम्पत्ती हानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमएमडीएमएस प्रणाली खरिदमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार आरोप दायर गरेको हो ।

 प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनाल, वरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य लगायत १९ जनाविरुद्ध मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ ।

 उनीहरुले एमडीएमएस प्रणाली खरिदमा९१ करोड ९८ लाख ३० हजार ८ सय ८२ रुपैयाँ भ्रष्टाचार गरेकोे दाबी सहित सो रकम समेत विगो माग गर्दै भ्रष्टाचार मद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगले एमडीएमएस प्रणाली खरिदमा संलग्न कम्पनी मलेसियाको न्यूमेरा नामको दुई वटा कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनी रुपमा भित्रिने मोवाइल सेटको प्रयोग निरुत्साहित गर्न सरकारले एमडीएमएस प्रणाली लागू गर्ने घोषणा गरेको थियो । सो प्रणाली खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।   


प्रतिक्रिया