यस वर्षको कान्तिपुर हाफ म्याराथन जेठ ५ मा हुने
वैशाख ६, २०८१ | काठमाडौं
कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण आगामी जेठ ५ गते हुने भएको छ ।
कान्तिपुर मिडिया गु्रपको आयोजनामा हरेक वर्ष हुँदैं आएको म्याराथन यस वर्ष जेठको पहिलो शनिबार हुन लागेको हो । त्यसका लागि कान्तिपुर मिडिया गु्रपले ग्लोबल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता गरेको छ ।
म्याराथनमा सहभागी हुन थापाथलीस्थित कान्तिपुरको कार्यलय र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयबाट दर्ता फारम भर्न सकिने भएको छ । दर्ता फारम आगामी आइतबारबाट खुल्ने छ ।
कान्तिपुर म्याराथनको आधिकारिक वेवसाइटबाट समेत फारम भर्न सकिने कान्तिपुर मिडिया गु्रपले जनाएको छ ।